पृथ्वीराजमार्ग अन्तर्गत नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध

केन्द्रभाग मिडिया

चितवन ।
पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ नाग्दी खोला सडकमा माथिबाट पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै उक्त सडकखण्डमा यातायात ठप्प भएका छन् ।

सडक माथिबाट ढुंगासहितको पहिरो आई सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। पहिरो पन्छाउन डेढ घण्टा लाग्ने अनुमान छ ।

  • २३ श्रावण २०८१, बुधबार ०८:२९ प्रकाशित