बंगलादेशका राष्ट्रपतिद्वारा संसद् भंग

केन्द्रभाग मिडिया

बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्।

आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।

प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा के हुन्छ भन्ने अनिश्चय छ। सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने बताएका छन्। तर, विद्यार्थीहरू नेताहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने अडान राखेका छन्।

यसैबीच नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

  • २२ श्रावण २०८१, मंगलवार १६:५६ प्रकाशित