पोखरा ।
राम बजार ताया मचा नाच समितीको अध्यक्षमा नारायण श्रेष्ठ नियुक्त भएका छन् । १७ औ वर्षमा प्रवेश गरेको अवसरमा आज भएको साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन ।
प्रथम उपाध्यक्ष जयन्द्र कुमार राजभण्डारी, द्वितीय उपाध्यक्ष बिश्व तण्डुकार, सचिव गोपाल राजभण्डारी, कोषाध्यक्ष शम्भु कुमार गोशली र सदस्यहरूमा निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, जीवन श्रेष्ठ, रमेश प्रसाद श्रेष्ठ, अंकित तण्डुकार र बसन्ती तझ्यालाई निर्बिरोध निर्वाचित भएका छन् ।
निर्बाचन समितिमा समितिका सल्लाहकार नारायण प्रसाद उज्जर को संयोजक र नेवाः खलः कास्की का निबर्तमान अध्यक्ष प्रकाश पालिखे र नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सदस्य धनमाया गुरुङ्ग सदस्य रहेको निर्बाचन समितीले निर्बाचन सम्पन्न गरेका हुन् । नब निर्वाचित सबैलाई निर्वाचन समितीका संयोजक नारायण प्रसाद उज्जरले सपथ ग्रहण गराउँदै बढाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा समाज सेवी कालिका मन्दिर सञ्चालक समितिका अध्यक्ष एवं तायाः मचाः नाच समितिका सहयोगी मनबिर गुरुङ्ग ( ढासा ) लाई सम्मान पत्र र दोसल्ला ले सम्मान गरिएको थियो । साधारण सभामा राम बजार नेवाः मिसा पुच रामबजार, श्री कृष्ण मन्दिर संचालक समिति राम बजार, श्री कालिका मन्दिर संचालक समिति रामबजार र राम बजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजार लाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । यस्तै २०८० सालको एसईई परीक्षामा उत्तीर्ण कलाकार विद्यार्र्थी लगायत सम्पुर्ण सहयोगी कलाकारहरूलाई पनि सम्मान गरिएको थियो ।

२०६५ सालमा रामबजार बासीहरुको सहयोग र तत्कालीन तनहु समाज हङकङको बिषेश सहयोगमा स्थापना गरि रामबजारको पहिचानका साथ रामबजार तायाः मचाः नाच समिति गठन भएको थियो । नेवारी परम्पराअनुसार गाईजात्राको अवसरमा पोखराकै पहिलो महिला सहभागि गराई महिला लाखे समेत उत्पादन गरि रामबजारद्वारा महिलाहरूलाई सहभागी गराउँदै तायाः मचाः नाच प्रदर्शन हुदँै आएको छ ।
१७ औं बर्षमा प्रवेश गरेको अवसरमा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्कीको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय बिभुति शंखधर शाख्वाको तस्विरमा माल्यार्पण गरि नेवारी परम्पराअनुसार द्योला गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
उक्त साधारण सभा तथा अधिवेशन कार्यक्रममा रामबजार तायाः मचाः नाचः समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले स्वागत गरेका थिए भने द्वितीय उपाध्यक्ष जयन्द्र कुमार राजभण्डारीले उपस्थित अतिथिहरूलाई धन्यबाद दिए । राम बजार तायाः मचाः नाच समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रम नाच समितिका सचिव विश्व तण्डुकारले सञ्चालन गरेका थिए ।














