बागलुङ ।
बागलुङमा पहिरोले पुरिएर ७ जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको ज्यान गएको हो ।
वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका थिए। तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् ।
उनीहरूको पहिचान खुल्न बाँकी छ । वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको पनि ज्यान गएको छ ।














