बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले चार घर पुरियो, एकजनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File Photo

बलेवा  ।

बडिगाड गाउँपालिका- दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको ज्यान गएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको ज्यान गएको हो ।

उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।

  • २२ श्रावण २०८१, मंगलवार १३:५९ प्रकाशित