काठमाडौँ ।
डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको ज्यान गएको हो ।
७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लाका छन् ।
चार जिल्ला डेंगुबाट सुरक्षित
देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा २ सय ८७ जनामा डेंगु देखिएको छ । यस्तै कास्कीमा १३७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । देशभर २ हजार ३ सय ६५ जनामा डेंगु देखिएको इडीसीडीले जनाएको छ ।














