भदौ १ मा लोमन्थाङमा टप अफ द वर्ल्ड गल्फ क्लासिक हुदै

केन्द्रभाग मिडिया

पोखरा ।
तेश्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक आगामी भदौ १ गते मुस्ताङको ४६५० मिटर उचाइमा रहेको लोमन्थाङको मुस्ताङ गल्फ क्लबमा आयोजना हुने भएको छ । विश्वकै उच्च भागमा रहेको गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ४० जना गल्फरहरुबीच प्रतिष्पर्धा रहने मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा बिष्टले जानकारी दिए ।

प्रतियोगितामा १० जना गैरआवासीय नेपाली गल्फरहरु समेत समावेस रहेका छन । उच्च उचाइका कारण प्रतियोगिता ९ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइने छ । प्रतियोगिताका बिजेता, उपबिजेता, बेष्ट ग्रस, लेडी विजेता, क्लोजेष्ट टू द पिन र लङ्गेष्ट ड्राइभका लागि पुरस्कारको ब्यवस्था गरिएको छ ।

होल नम्बर ६ मा होल इन वन गर्ने कुनैपनि खेलाडीलाई याक प्रदान गरिने र जुन संसारको कुनैपनि गल्फ प्रतियोगितामा अनौठो र चाखलाग्दो पुरस्कार हुने आयोजकले जनाएको छ ।अगष्ट २०२२ मा उद्घाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता रहेको अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभूतपूर्व कभरेज प्राप्त गरेको थियो । मुस्ताङ गल्फ कोर्षलाई गल्फ डाइजेस्ट र गल्फ च्यानलबाट विश्वको उचाइमा रहेको गल्फ कोर्षको रुपमा समेत मान्यता दिएको छ ।

गत वर्षको बिजेता श्याम तामाङ र अन्य सहभागीहरु तेस्रो संस्करणको प्रतियोगितामा समेत भाग लिन उत्साहित रहको आयाजकले जनाएको छ । गामी दिनमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गरि वढी भन्द वढी पर्यटक मुस्ताङ भित्रयाउनुका साथै अन्तराष्ट्रिय गल्फरहरुलाई मुस्ताङ गल्फ कोर्समा ल्याउने लक्ष्य राखिएको प्रवन्ध निर्देशक बिष्टले जानकारी दिउ ।

बिष्टले मुस्ताङ गल्फ कोर्ष सिर्जना गर्नु आफ्नो सपना रहेको र आगामी दिनमा संसारभरका गल्फरहरुले आफ्नो बकेट लिस्टमा राख्ने समेत बताएका छन । मुस्ताङ गल्फ कोर्सलाई विश्वकै उच्चतम गल्फ कोर्स मार्फत देशमा पर्यटन प्रवद्र्धन गर्ने समेत आफ्नो लक्ष्य रहेको बिष्टको भनाइ छ ।

उक्त प्रतियोगितामा लोमन्थाङ गाउँपालिका, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु बैंक, बाह्रसिंह बियर, लोम मुस्ताङ हिमालयन रिसोर्ट, सोल्टी पानी, जर्मन बेकरी लगायतको समर्थन समेत रहेको छ ।

  • २१ श्रावण २०८१, सोमबार १६:५३ प्रकाशित