काठमाडौँ ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन विषयमा छलफल भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा मुख्यगरी तीनवटा विषयमा छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार महासमिति बैठकले पारित गरेका दस्ताबेजहरूलाई अन्तिमरूप दिएर २३ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने, विभागहरू गठनका सम्बन्धमा २३ गतेअघि नै विभाग प्रमुख तोक्ने र अधिवेशन हुन नसकेका भ्रातृ संगठनको चुनाव ८१ साल चैतभित्र गर्नेगरी निर्देशक समिति बनाउनेबारे छलफल भएको छ ।
त्यसबाहेक समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको नेता विश्वकर्माले जानकारी दिए ।