बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिदै देश छाडिन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो ।

अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

आइतबारदेखि बंगलादेशमा पुनस् आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनस् चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको ज्यान गएको ढाका ट्रिब्युनले जनाएको छ । ुविभेदविरोधी विद्यार्थी आन्दोलनु को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ(ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको छ ।

  • २१ श्रावण २०८१, सोमबार १५:३९ प्रकाशित