भारतको पुणेमा विस्फोटमा परी एक नेपाली कामदारको ज्यान गयो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा एक जना नेपाली कामदारको ज्यान गएको छ । जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोटमा परेर २२ वर्षीय नेपाली युवकको जलेर ज्यान गएको बताइएको छ ।

ती युवकको नाम अजय कुमार बजरंगी प्रसाद मौर्य भएको प्रहरीले बताएको छ । उनी कारखाना परिसरमै बस्थे ।

बिहीबार मौर्यले खाना पकाउन स्टोभ ९चुल्हो० बाल्न केही केमिकल प्रयोग गरेका थिए । तर केमिकल पड्किएर उनको शरीर निकै जल्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याएर शल्यक्रिया गरिएको भए पनि शनिबार जलेको घाउकै कारण उनको निधन भएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

  • २१ श्रावण २०८१, सोमबार १४:५२ प्रकाशित