काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको छ । आज सुनको मुल्य १ लाख ५० हजार पुगेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।
अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । तर आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














