भारत सरकारद्धारा नेपालको तल्लो अरुणमा ५ करोड लगानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ ।

भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको सतलज जलविद्युत निगम आफैंले जानकारी दिएको हो ।

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजना नेपालको संखुवासभा जिल्लामा निर्माण हुने छ । यसका चार युनिट हुने छन् । प्रत्येक युनिटको क्षमता १६७.२५ मेगावाट हुनेछ ।

यो आयोजना नेपालको संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने छ । तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ । अरुण तेस्रो निर्माणको जिम्मा पनि सतलजले नै पाएको थियो ।

तल्लो अरुणबाट उत्पादन हुने बिजुली भारतले बिहारको सीतामढीमा वितरण गर्ने योजना बनाएको छ ।

  • २१ श्रावण २०८१, सोमबार १०:३५ प्रकाशित