धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दाँ ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

  • २१ श्रावण २०८१, सोमबार १०:२२ प्रकाशित