बिमा दाबी गर्न आगलागी !

आफ्नै पसलमा आगो लगाउने सुजन र सहयोग गर्ने पवन पक्राउ [भिडियो सहित ]

डेढ करोडको क्षति, २ करोड १० लाख रुपैयाँको बिमा रकम हत्याउने योजना

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा  १६ साउनमा भएको आगलागी आफै सपिङ सेन्टरका सञ्चालकले नै गरेको खुलेको छ । कास्की प्रहरीको अनुसन्धानले सपिङ सेन्टरका सञ्चालक सुजन गहतराजकै योजनामा आगलागी भएको निस्कर्ष निकालेको हो ।

कास्की प्रहरीले आइतबार कार्यालय परिसरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सपिङ सेन्टर सञ्चालक गहतराजले बिमा दाबीका लागि स्याङजा ठुलाडिही घर भइ पोखरा १७ बिरौटा बस्ने ४३ वर्षिय पवन  नेपालसंग मिलेर आफ्नै सपिङ सेन्टरमा आगो लगाएको जानकारी दियो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले घटना विवरण सार्वजनिक गर्दै डेढ करोडको क्षति हुनेगरी विमाबाट रकम लिने उद्देश्यले आफै सञ्चालकले आगो लगाएको बताए ।

स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का गहतराजले बिगत ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर चलाइरहेका थिए । पसल नचलेको, सामान पनि ठूलो मात्रामा स्टक रहेको, घर भाडाका विषयमा विवाद रहेको र आर्थिक व्यवहार बिग्रिँदै गएपछि बिमा दाबी गर्ने उद्देश्यले आगो लगाएको बयान गहतराजले दिएका छन् ।

  • यसरी बन्यो आफ्नै सपिङ सेन्टरमा आगलागी गर्ने योजना

आगलागीको योजनाकार पवन नेपालले पोखरामा ह्याचरी तथा पोल्ट्री फार्म गर्दै आएको थिए । कास्की प्रहरीका अनुसार उनको पोल्ट्री फर्ममा गत वर्ष नै आगो लागेर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा गहतराजले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने र बीमा वापतको रकम ल्याएर आर्थिक व्यवहार मिलाउने योजना बनाए ।

स्याङ्जाका दुवै जनाका बीचमा आर्थिक कारोबार थियो । गहतराजले बीमाबाट प्राप्त हुने रकमबाट १० लाख रुपैयाँ पवनलाई दिने सहमति समेत गरेका थिए । पूर्व निर्धारित योजना बमोजिम रातको ११ः०० बजेको समयमा संचालक सुजन गहतराजले उनको साथी पवन नेपाललाई बोलाउन्छन र उनिहरुको भेट ड्यामसाईडको फेवा झिर रेष्टुरेण्टमा हुन्छ । त्यहा उनिहरुले ५ वटा बियर पिउँछन । योजन मुताविक संचालक र आगो लगाउने उनको सहयोगी
पवन नेपालले पानी परेको दिन सबै सुत्छन मानिसको चलपल हुदैन । त्यही बेला पसलमा आगो लगाउने सरसल्लाह हुन्छ ।

योजना मुताविक पसलमा सुजन गहतराजले चलाउने गरेको ग ३ च ६२६६ नम्बरको गाडीमा पवन नेपाल सहित गई सुजन गहतराज र पवन नेपाल सपिङ सेन्टर भित्र बाहिर गरिरहेको, निजहरू दुवैजना १०/१५ मिनेट भित्र बस्दै बाहिर निस्कँदै गर्छन् । त्यसपछि सुजन गहतराजले सटर लगाइ आफु हतार–हतार गरी ग ३ च ६२६६ नम्बरको गाडी चढी तत्काल गाडी स्टार्ड गरी तालबाराही स्कुल तर्फ लाग्छन् । तर पवन नेपाल पसलको वाहिरपट्टी नै बस्छन् ।

गहतराजले गाडी लिई हिडेको अन्दाजी १/२ सेकेण्डमा नै बाहिर उभिएर बसीरहेका पवन नेपालले सलाई कोरेर भित्र फाल्छन् । आगलागीबाट सपिङ सेन्टरको वाइन, ग्रोसरी र कस्मेटिक सप पूर्णरुपमा जलेर नष्ट हुन्छ । सेन्टरका सञ्चालक गहतराजले विद्युत सर्ट भएर आगो लागेको बताएका थिए ।  उनले २ करोड १० लाख रुपैयाँको बीमा गरेको थिए । त्यही विमा रकम दाबी गर्न र व्यवहार मिलाउन समेत आगलागी गरेको प्रहरी निस्कर्ष छ ।

 

 

  • २० श्रावण २०८१, आईतवार २०:३६ प्रकाशित