सबै दललाई समेटेर संविधान संशोधन हुन्छ : योगेश भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार आयोजना गरेका कार्यक्रममा बोल्दै भट्टराइले उक्त कुरा बताएका हुन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन अपरिहार्य रहेकाले सत्तारुढ दलले उक्त सोच बनाएको उनको भनाइ थियो ।

नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्ने बताउदै भट्टराइले यसको निम्ति नेपाली कांग्रेस र एमालेले अग्रसरता लिएपनि संसद्मा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरुलाई एकसाथ लिएर त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्ने सोचिरहेको बताए ।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे । सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे ।

  • १९ श्रावण २०८१, शनिबार १७:१६ प्रकाशित