काठमाडौं ।
एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो ।
‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । उनी लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेको मूल नेतृत्व (ओली) को कार्यशैली र विचारसँग असहमत भएपछि उनी निष्क्रिय भएका थिए ।