गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित

केन्द्रभाग मिडिया

स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ ।

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । १६ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाईफस पुष्टी भएको छ । यसैगरी भिमसेनथापा गाउँपालिकाको २ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

गत आव जिल्लाभर १६३ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । गतवर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टी भएको थियो ।

यस्तै, गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टी भएको थियो । स्क्रब टाईफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

  • १८ श्रावण २०८१, शुक्रबार १५:५८ प्रकाशित