गुल्मीमा अरिंगालले टोकेर एक युवकको ज्यान गएको छ।
अरिंगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो।
अरिंगालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा आज ज्यान गएको प्रहरी निरीक्षक केसीले बताए।













