पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ ।
आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७० पैसा बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा थियो।
डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २५ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।















