पोखरा ।
लागू औषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको सहयोगमा कास्की प्रहरीले लागू औषध बिक्री गर्दै गरेको अवस्थामा पोखराको न्यूरोड स्थित होटल दीप दर्शनका सञ्चालक इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर मिलन पौडेललाई पक्राउ गरेको हो ।
तनहुँ शुक्लागण्डकी नगरपालिका ८ स्थायी घर भइ पोखरा ८ न्यरोडमा होटल दीपदर्शन सञ्चालन गर्ने ३७ वर्षिय इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर स्याङजा आँधिखोला गाउँपालिका ३ स्थायी घर भइ पोखरा १७ बिरौटा बस्ने २५ वर्षिय मिलन पौडेललाई बुधवार सांझ लागुऔषध टापेन्टाडोल बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको पौडेल र श्रेष्ठले होटलको कोठामा लुकाइछिपाइ राखेको लागू औषध टापेन्टाडोल त्रिचालिस हजार दुई सय ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका श्रेष्ठ र पौडेललाई लागू औषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
उक्त प्रतिबन्धित लागू औषध डाक्टरको प्रेप्क्रिप्सनन भएतापनि किनबेच गर्न नपाइने भएकाले पोखरामा रहेका औषधी पसलहरुमा समेत उक्त औषधी रहेको खण्डमा तुरुन्त नष्ट गर्न समेत प्रहरी प्रमुख थापाले अनुरोध गरेका छन । त्यस्तो कही कतै बिक्री वितरण गरेको खण्डमा लागुरऔषध सम्बन्धी मुद्धा आकर्षण हुने गरी कारबाही अगाडी बढाइने उनको भनाइ रहको छ ।