काठमाडौँ ।
सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा आज (बिहीबार) काठमाडौंँमा मानव साङ्लो बनाएर विरोध गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।
सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।












