भक्तपुर ।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको छ ।
खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।












