माओवादी केन्द्रको स्थायी समिति बैठक साउन २५ गते

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने।माओवादीको ४ दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।

  • १५ श्रावण २०८१, मंगलवार १६:३९ प्रकाशित