काठमाडौं ।
२०७९ माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिको ककपिट भ्वाइस रेकर्डस सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त ककपिट भ्वाइस रेकर्ड अडिओ सोमबार ‘ग्राउन्ड जेरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
अडियोजमा जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिसम्मको पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको संवाद छ । दुवैले पोखरामा अवतरण गर्नुभन्दाअघि सामान्य कुराकानी गरेका थिए । यहाँसम्म कि जहाज दुर्घटनापछि मात्रै दुवैलाई गडबडी थाहा भएको जस्तो सुनिन्छ ।
२०७९ माघ १ गते काठमाडौंबाट ४ जना चालक दलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन(एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै ज्यान गएको थियो ।
उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थाहा नभएजस्तो सुनिन्छ ।












