मुखियाको कुटपिटबाट श्रीमती घाईते श्रीमानको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो ।

उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको ज्यान गएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

  • १५ श्रावण २०८१, मंगलवार ०९:१४ प्रकाशित