स्कूल बस दुर्घटना अपडेट : घाइते मध्ये २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा २१ रामदीबाट पोखरा तर्फ आउदै गरेको स्कुल बस दुर्घटना हुँदा दुुइजनाको ज्यान गएको छ । सोमबार बिहान ९ बजे तिर गुड्कुभन्ने ठाउमा सडकको घुम्तीबाट स्कुलबस ५० मिटर तल खसेर दुर्घटना भएकोे हो । पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना हुँदा चालक तथा विद्यार्थी र अभिभावक गरी ३० जना घाइते मध्ये २ जनाको उपचारको क्रममा ज्यान गएकोे कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

उपचारको क्रममा विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गर्ने ३३ वर्षिया आरती बिक र ५ वर्षिय प्रिन्स बिकको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।बस दुर्घटनामा घाइते मध्ये पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक, सोही ठाँउका ५ वर्षिय रोशन बराल, रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की, वर्ष ६को योना गुरुङ, १३ वर्षिय डिना गुरुङ, १५ वर्षिय प्रकृति कार्की, एकहातका ६वर्षिय प्रिन्स राना, रामदी बस्ने ७ वर्षिय चिजा बिक, ९ वर्षिय प्रवेश काकी, १२ वर्षिया विसिका पौडेल, ११ वर्षिय बिश्वास पौडेल, १२ वर्षिया सिम्रन बिक र ११ वर्षिय विवश खत्रीको को गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी घाइते मध्ये पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल, ३ वर्षिया सिमन मगर ३ वर्षिय न्युजन मगर, ७ वषिएय रिजन मगर १३ वर्षिय रामकृष्ण नेपाली २ वर्षिय अंकित खत्री १४ वर्षिया सीतादेवी बिक ( छोरेपाटन स्कुलमा अध्ययनरत, २ वर्षिय अंकित खत्री, ७ वर्षिय अस्मित बिक, ७ वर्षिय अस्मित बिक, स्कुलको फि तिर्न आएका ३० वर्षिय सुमित्रा सुनार, २ वर्षिय निर्दोष सुनार, शिक्षक ३० वर्षिय सपना आले र ११ वर्षिय निश्चल सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल, पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार र ५ वर्षिय सागर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • १४ श्रावण २०८१, सोमबार ११:१३ प्रकाशित