स्कुल बस दुर्घटना

बस परिचालक विकको ज्यान गुम्यो, २९ जना घाइतेको उपचार हुँदै

केन्द्रभाग मिडिया

तस्बिर : प्रवेश पोखरेल

पोखरा ।

स्कुल बस दुर्घटना हुँदा गम्भीर घाइते भएकी परिचालक महिलाको ज्यान गुमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार ३२ वर्षीया आरती बिकको उपचारको क्रममा ज्यान गुमेको हो ।

पोखरा २१ रामदीबाट विद्यार्थी लिएर पोखरा तर्फ आउँदै गर्दा ग १ क ६२१९ नम्बरको स्कूल बस ओरालोमा बिहान ८ः ५५ बजे दुर्घटना भएको हो । वडा प्रहरी कार्यालय बैदामका अनुसार पोखरा २१ कृष्तीका ९ वर्षीय अनमोल बिक, ५ वर्षीय रोशन बराल, १४ वर्षीय दिप्सन कार्की, ६ वर्षीया योना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृती कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल र ११ वर्षीय बिश्वास पौडेलको घाइते अवस्थामा उपचार भइरहेको छ । ५ वर्षीय प्रिन्स बिकको अवस्था गम्भिर रहेको प्हरीले बताएको छ ।

यसैगरी १२ वर्षीया सिम्रन बिक, ११ वर्षीय विवश खत्री, ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण २ वर्षीय अंकित खत्री, १४ वर्षीया सितादेवी बिक, ७ वर्षीय अस्मित बिक, ३० वर्षीया (अभिभावक) सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया (शिक्षक) सपना आले, ११ वर्षीय निश्चल सुनार घाइते भएका छन् ।

यसैगरी पोखरा १७ का ५५ वर्षीय टेक बहादुर भुजेल (चालक), पोखरा २१ का ८ वर्षीय निशान सुनार, ५ वर्षीय सागर थापाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

  • १४ श्रावण २०८१, सोमबार ११:०५ प्रकाशित