नेताहरूको कार्यविभाजन गर्न एमालेको बैठक बस्दैँ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न बैठक बोलाइएको बताइएको छ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

  • १४ श्रावण २०८१, सोमबार १०:२० प्रकाशित