पोखरा २१ फुस्रे खोलामा स्कुल बस दुर्घटना

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा २१ फुस्रेखोलामा एलपी देवकोटा मेमोरिएल स्कुल बिरौटाको स्कुलबस दुर्घटना भएको छ ।

स्कुलबस विद्यार्थी लिएर स्कुल आउदै गर्दा दुर्घटनामा परेको हो । स्कुलबस सडकको घुम्तीबाट ५० मिटर तल खसेको हो । बसमा २२ जना विद्यार्थी चालक र सहचालक रहेको बुझिएको छ । घाइतेहरुको अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तस्बिर : प्रवेश पोखरेल

  • १४ श्रावण २०८१, सोमबार ०९:४९ प्रकाशित