आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा छ।

यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ १५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ ।

आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा थियो। आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ७० पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ ।

  • १४ श्रावण २०८१, सोमबार ०९:१६ प्रकाशित