भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

केन्द्रभाग मिडिया

सुर्खेत ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ ।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो ।

रिम्नावासी भावना रानाले भनिन्,‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।’ भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, ‘हाम्रो दुःख बुझ्ने कोही भएनन् ।

  • १४ श्रावण २०८१, सोमबार ०८:५९ प्रकाशित