आज साउनको दोस्रो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भीड

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

यता पोखरामा भने साउन हरेक सोमबार बोलबम यात्रा हुने गरेको छ। गाईघाटबाट सुरु भएको बोलबम यात्रा पोखराको मुख्य चोकहरु परिक्रमा गर्दै केदारेश्वर मन्दिर पुगेर सकिने छ ।

  • १४ श्रावण २०८१, सोमबार ०८:३८ प्रकाशित