पोखरामा आन्दोलित सार्वजनिक सवारी चालकद्धारा दुई पत्रकारमाथि आक्रमण

पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाद्धारा भत्सर्ना

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा आन्दोलित यातायात व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् ।

पोखराको पृथ्वीचोकमा रिर्पोटिङका लागि हिडेका पोखराका क्रियाशिल पत्रकार एवम् मगर पत्रकार संघ कास्कीकी अध्यक्ष बिनु थापामागर र उपाध्यक्ष सुरज थापामाथि आज बिहान यातायात व्यवसायीले सांघातिक आक्रमण गरेका हुन् ।

सडकमा उत्रेका आन्दोलित यातायात व्यवसायीले पत्रकारद्धयमाथि आक्रमण गर्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गरेको र खिचिएको तस्विर र भिडियो डिलित गर्न लगाएका थिए । पत्रकार हौ भन्दाभन्दै पनि आक्रोशित व्यवसायीले आक्रमण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र नेपाल पत्रकार महासंघ कास्कीले घोर भत्सर्ना गरेको छ ।व्यवसायीले पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटर तोडफोड समेत गरेका छन् ।

पत्रकारद्धाय बिनु र सुरज कार्यालयमा नियमित बैठक सकेर पोखराको लखनचोक(पृथ्वीचोक) गई भिडियो एवम् तस्विर खिचिरहेका बेला भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण गर्दै घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरि कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग पत्रकार महासंघ गण्डकी प्रदेश समितिले माग गरेको छ ।

 

  • १३ श्रावण २०८१, आईतवार १४:३० प्रकाशित