पत्रकार सन्तोष पोखरेल सम्मानित

केन्द्रभाग मिडिया

oplus_0

 

पोखरा ।
रेष्टुरेन्ट एण्ड बार एसोसीएसन (रेवान) पोखराले पत्रकार सन्तोष पोखरेललाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन प्रर्वधनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै रेवानले आफ्नो ३० औं
वार्षिकोत्सब एवं १६ औं अधिवेशनको अबसरमा पोखरेललाई सम्मा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रेवानका अध्यक्ष नरेश भट्टराई लगायतले नगद रू। २५ हजार, सम्मान पत्र र दोशल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।

नागरिक दैनिकको गण्डकी व्युरो प्रमुख रहेका पुरस्कृत पोखरेल पोखरामा दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

  • ११ श्रावण २०८१, शुक्रबार १८:०५ प्रकाशित