पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

सुर्खेत ।

दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् ।

दुवै जना किशोरी जनमालिका माध्यमिक विद्यालय बाँसीमा कक्षा ९ मा अध्ययनरत थिए ।

  • ११ श्रावण २०८१, शुक्रबार १७:०० प्रकाशित