समावेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथि छलफल

केन्द्रभाग मिडिया

पोखरा ।

अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१को प्रारम्भिक मस्यौदा माथि गण्डकी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आज (शुक्रवार) पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।

पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अवसर सिर्जना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताए। उनले नेपालको विद्यमान शिक्षा सम्बन्धि संवैधानिक व्यवस्था ऎन ,निति तथा योजना कार्यान्वयन गर्न र समावेशी शिक्षाको सहज सञ्चालन र पहुँच स्थापित गर्न मापदण्ड थप सहायक हुने बिश्वास ब्यक्त गरे । पौडेलले प्रारम्भिक मस्यौदामा गम्भीर छलफल सहित थप मजबुत बनाउन नेपाल सरकारलाई सुझाव दिन सरोकारवालाहरूलाइ आग्रह गरे ।

उक्त कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य ,बिश्व शिक्षा परिषदका सदस्य डाक्टर बिरेनराज पोख्रेल ,शिक्षा समन्वय एकाइ कास्कीका शाखा अधिकृत टंक बराल ,नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनाल ,कास्की नेत्रहीन संघ का अध्यक्ष श्रीकान्त सापकोटा ,नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष रोमहर्षण पौडेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऎन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रारम्भिक मसौदा तयार पारेको हो। नेत्रहीन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रामचन्द्र गैर्हेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत नीर श्रेष्ठले गर्नुभएको थियो।

  • ११ श्रावण २०८१, शुक्रबार १५:४९ प्रकाशित