सौर्य विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

केन्द्रभाग मिडिया

सौर्य एयरलायन्सको विमान दुर्घटना

काठमाडौं ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा.गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।

उनका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभग पहिचान भइसकेको डा. चौधरीले बताएका छन् । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको उनले जानकारी दिए ।उनका अनुसार प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ

  • ११ श्रावण २०८१, शुक्रबार १५:०३ प्रकाशित