राष्ट्र बैंकले सार्वजनिक गर्यो चालू आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको छ ।

सरकारको बजेटको कार्यक्रम, १६ औँ योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए ।

चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए । चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ ।

‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने ।

ब्याजदर घटेको अवस्था रहेको, लगानीयोग्य साधन बढे पनि बैंकहरुको कर्जा विस्तार नभएकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति हेर्न क्लिक गर्नुहोस् ।

  • ११ श्रावण २०८१, शुक्रबार १३:०५ प्रकाशित