वरिष्ठ लोक गायक जोशीको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत निकै चर्चित छन्।

  • ११ श्रावण २०८१, शुक्रबार ११:०१ प्रकाशित