कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवन ।

नारायणगढ–मुग्लिङ सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार १०:४४ प्रकाशित