माओवादी केन्द्रको पदाधिकारी बैठकको समय सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको थियो ।

सङ्क्रमणकालीन न्याय ९टीआरसी०को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

  • ११ श्रावण २०८१, शुक्रबार ०९:४७ प्रकाशित