माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

  • ११ श्रावण २०८१, शुक्रबार ०८:४७ प्रकाशित