मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।

  • १० श्रावण २०८१, बिहीबार १६:४८ प्रकाशित