वुमन एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली टोली

केन्द्रभाग मिडिया

काठमाडौं ।

वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली आज(बिहीबार) स्वदेश फर्किएको छ ।

श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

  • १० श्रावण २०८१, बिहीबार १६:३६ प्रकाशित