पोखरा ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा भएको मानवी क्षतिको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको ज्यान गुमेको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन समेत गरेको छ ।












