प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

जहाज दुर्घटनाबारे छानबिन गरिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेको बताइको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक आयोग बनाउने तयारी छ ।

विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । पाइलटको भने अहिले उपचार जारी रहेको छ ।

  • ९ श्रावण २०८१, बुधबार १५:४२ प्रकाशित