हैजाबाट बच्न, पानी र पिउने पानीको शुद्धतामा ख्याल गर्न आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो ।

हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । यस क्रममा वडा नं। ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लबसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ ।

हैजाबाट बच्ने सहज उपाय भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । लक्षण तथा उपचारका विषयमा जानकारी लिनुपरे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।

  • ९ श्रावण २०८१, बुधबार १४:५० प्रकाशित