पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

केन्द्रभाग मिडिया

सौर्य एयरलायन्सको विमान दुर्घटना

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी)मा उपचारका लागि पुर्‍याइएको अस्पतालका एक अधिकारीले बताए ।

शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् ।

  • ९ श्रावण २०८१, बुधबार १३:३३ प्रकाशित