सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुम्यो (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गुमेको छ । बुधबार बिहान ११ः ११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए ।

५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको ज्यान गुमेको विमानस्थल सुरक्षा प्रमुख रामदत्त जोशीले जानकारी दिए । ज्यान गुमाउने मध्य १७ जना सौर्य एयरलाइन्सकै कर्मचारी रहेका खुलेको छ ।

५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको ज्यान गुमेको हो ।

बुधबार उडेलगत्तै त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज पोखरा जानलागेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ एन एएमईरसीआरजे २०० कलसाइनको जहाज मर्मतका लागि पोखरा उडेको थियो । तर उडेलगत्तै दुर्घटनामा परेको हो ।

 

  • ९ श्रावण २०८१, बुधबार १२:५८ प्रकाशित