बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।
एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।